ललितपुर मेयर कप महिला टी-२० मा सुदूरपश्चिमको विजयी सुरुवात – Nepal Press

ललितपुर मेयर कप महिला टी-२० मा सुदूरपश्चिमको विजयी सुरुवात

काठमाडौं । ललितपुर मेयर–११ लाई ५८ रनले पराजित गर्दे सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर महिला टी–२० क्रिकेटमा विजयी सुरुवात गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको उद्घाटन खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले ललितपुर ११ लाई निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४४ रनको लक्ष्य दिएको थियो ।

ललितपुर ११ ले २० ओभरमा ७ विकेट गुमाएर ८५ रन मात्रै बनाउन सक्यो ।

पहिला ब्याटिङ गरेको सुदूरका लागि कप्तान रितु कानोउजियाले २९ बलमा ६ चौकासहित सबैभन्दा धेरै ४२ रनको योगदान गरिन् ।

ओपनर रेवती धामी २९ रन र विन्धु रावल २८ रन बनाए पभेलियन फर्किँदा चौथो नम्बरमा क्रिजमा आएकी डोली भट्टले २५ रनको योगदान गरिन् । कविता कुँवर शून्यमा आउट हुँदा कविता जोसि ३ र शोभा रोकाया १ रनमा अविजित रहे ।

ललितपुर ११ को वलिङमा खुसी डंगोलले सर्वाधिक २ विकेट लिइन् भन् । अस्मिना कर्माचार्य, आरती बिडारी र अनुराधा चौधरीले समान एक—एक विकेट लिए ।

ललितपुर ११ को ब्याटिङमा कप्तान सरस्वती कुमारी चौधरीले ३२ बलमा सर्वाधिक २६ रन बनाइन् । साना प्रबिन १५, कन्चन श्रेष्ठ १०, हिलेसा गुरुङ ९, सुमन खतीवडा ७ रन बाहेक अन्य ब्याटरले रन जोड्न सकेनन् ।

सुदूरको वलिङमा लक्ष्मी साउँदले सर्वाधिक तीन विकेट लिइन भने, कविता कुँवरले २ विकेट लिइन् । इश्वरी विष्ट र सम्झना खड्काले समान १ विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर