पल शाहको आरोप : मेरा पुरुष सहकर्मीले गायिकालाई मेरोविरुद्ध उकासे – Nepal Press

पल शाहको आरोप : मेरा पुरुष सहकर्मीले गायिकालाई मेरोविरुद्ध उकासे

अडिओको आवाज आफ्नो भएकोमा आशंका

काठमाडौं । आफूमाथि लागेको ‘प्ले व्वाई’ को आरोप र सार्वजनिक भएको अडिओका विषयमा नायक पल शाहले मुख खोलेका छन् । फेसबुकमा उनले गायिकालाई आफ्ना पुरुष सहकर्मीले आफूविरुद्ध उकासेको आरोप लगाएका छन् ।

भाइरल भएको अडिओमा सुनिएको आवाज आफ्नो भएकोमा पनि शंका रहेको पलको दाबी छ । प्रविधिको प्रयोगमार्फत आफ्नो जस्तो आवाज बनाइएको हुन सक्ने आशंका उनले व्यक्त गरेका छन् ।

उनले लेखेका छन्, ‘फरक प्रसंग तथा चलचित्रमा अभिनय गर्ने भन्ने क्रममा रेकर्ड गरिएका सम्वादहरुलाई हाम्रो बास्तविक जिवनसँग जोड्ने प्रयासमा रहनु भएका मेरा केही पुरुष सहकर्मी (व्यवसायिक प्रतिस्पर्धि)ले निज गायिकालाई मेराविरुद्ध बोल्न, प्रमाण सिर्जना गर्न लगातार उकास्ने गरेको जानकारी मलाई थियो, निज निर्दोष गायिकाले मेरा पुरुष सहकर्मीहरुले उकासे बमोजिम नै गर्दै गएको भन्ने कुरा पछिल्लो मिडिया रिर्पोटले थप पुष्टि गरेको छ ।’

उनी थप्छन्, ‘मेरा सम्पुर्ण दर्शक महानुभावहरुको म प्रतिको भरोसालाई अक्षुण राख्न, निज गायिकालाई मेरा प्रतिस्पर्धि साथिहरुले उकासेको अडिओलगायत अन्य प्रमाणहरु मसँग सुरक्षित रहेको र ती सवुत प्रमाणहरु आधिकारिक निकायले माग गरेको खण्डमा पेश गर्नेछु भन्ने प्रतिवद्धता व्यक्त गर्दै म र मसँग नाम जोडेर प्रकाशित उल्लेखि समाचारहरु वास्तविकता भन्दा धेरै टाढा रहेको हुँदा सोबाट भ्रमित नहुन हार्दिक अपिल गर्दछु ।’

प्ले व्वाई छविका नायक पल शाहको नाबालिग गायिकासँगको सम्बन्धबारे नेपाल प्रेसले खुलासा गरेको थियो । त्यस लगत्तै पलले गायिकालाई साथमा राखेर अन्तरवार्ता दिँदै समाचार खण्डन गरेका थिए । उक्त खण्डनपश्चात नेपाल प्रेसले गायिका पलसँगको सम्बन्धका विषयमा दिएको अडिओसहित समाचार हिजो प्रकाशित गर्‍यो ।

(पल शाहले ‘फेक’ आशंका गरेको अडियो यस्तो छ)

तर, उक्त अडिओ हटाइदिन गायिकाले बारम्बार आग्रह गरेपछि हामीले अडिओ हटायौं । तर, विभिन्न पोर्टलहरुले नेपाल प्रेसबाट डाउनलोड गरेर त्यसलाई भाइरल गराइरहेका छन् । यही विषयमा पलको स्पष्टीकरण आएको हो ।

सार्वजनिक एउटा अडिओमा पल, समिक्षा, दुर्गेश थापालगायतका व्यक्तिहरूको आवाज स्पष्टै चिनिन्छ । अडिओमा पलले गायिकासँग सम्बन्ध राखेको स्वीकारेका छन् । अहिले उनले आफ्नो गल्ति स्वीकार्ने भन्दा पनि उक्त आवाजमै आशंका व्यक्त गरेर हास्यास्पद बचाउ गर्न खोजेका छन् ।

नाबालिगसँग सम्बन्धबारे कानूनमा के छ ?

नेपालको कानूनले १८ वर्षभन्दा कम उमेरको व्यक्तिलाई नाबालिग मान्छ । नाबालिग किशोरी÷बालिकालाई सहमतिबेगर वा सहमतिमा यौनसम्बन्ध राख्नु गैरकानूनी हो ।

मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा २ मा भनिएको छ,‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करण गरेको मानिनेछ ।’

पलले अडिओमा समिक्षासँग सहमतिमा सम्वन्ध राखेको स्वीकार गरेकाले उनीमाथि गम्भीर कसुर लाग्ने निश्चित छ ।

प्रतिक्रिया

One thought on “पल शाहको आरोप : मेरा पुरुष सहकर्मीले गायिकालाई मेरोविरुद्ध उकासे

  1. Paul shah is definitely a play boy. He can’t escape from the sexual exploitation of a minor girl who is also a popular singer. She would not have accused paul of the exploitation instead of doing business i.e singing and there is definitely blowing of air shaking of the leaves ! So, some kind of investigation must be intitiated by the authorities to clear the things!

Leave a Reply

Your email address will not be published. Required fields are marked *