२५ अंकले बढ्यो सेयर बजार, कारोबार ३ अर्ब मात्रै – Nepal Press

२५ अंकले बढ्यो सेयर बजार, कारोबार ३ अर्ब मात्रै

काठमाडौँ । पछिल्ला दिनमा निरन्तर घटिरहेको सेयर बजार आज २५.४१ अंकले वृद्धि भएको छ । ०.९४ प्रतिशतले बजार वृद्धि हुँदा नेप्से परिसूचक २७१८.५१ अंकमा पुग्यो ।

आज २ अर्ब ९९ करोड ७६ लाख ८१ हजार रूपैयाँको सेयर कारोबार भएको छ । २ सय २४ वटा कम्पनीको ४९ लाख ९२ हजार ८ सय ७९ कित्ता सेयर खरिदबिक्री भएको छ ।

सबैभन्दा धेरै यूनाइटेड इदी मर्दीको सेयर किनबेच भएको छ । १० प्रतिशत मूल्य बढेको सो कम्पनीको २६ करोड ५० लाख १३ हजार रूपैयाँको कारोबार भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *