नेपालविरुद्ध क्यानडाले टस जितेर ब्याटिङ रोज्यो – Nepal Press

नेपालविरुद्ध क्यानडाले टस जितेर ब्याटिङ रोज्यो

काठमाडौं । ओमानमा जारी आईसीसी टी–२० विश्वकपको विश्वस्तरको छनोटअन्तर्गत समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले केहीबेरमा क्यानडासँग प्रतिस्पर्धा गर्दै छ। नेपाली समयअनुसार पौने ४ बजे सुरु हुने खेलमा क्यानडाले टस जितेर पहिला ब्याटिङ रोजेको छ।

समूहका अघिल्ला दुबै खेल जितेको नेपाल सेमिफाइनल नजिक छ । तर क्यानडा र ओमानले विशाल अन्तरले जित हात पारेमा नेपाल समूहगत चरणबाटै बाहिरिन पनि सक्नेछ। क्यानडासँग हारेपनि समूह विजेता बन्ने सम्भावना पनि नेपालको छ ।

समूहमा नेपाल २ खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा छ। नेपालको नेट रनरेट करिब साढे ४ अंक छ। दोस्रो स्थानमा रहेको क्यानडाको २ खेलबाट २ अंक छ। क्यानडाको नेट रनरेट साढे २ अंक छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर