यूएईलाई पराजित गरेर पनि बाहिरियो बहराइन, ‘लक्की’ आयरल्यान्ड – Nepal Press

यूएईलाई पराजित गरेर पनि बाहिरियो बहराइन, ‘लक्की’ आयरल्यान्ड

काठमाडौं । यूएई र आयरल्यान्ड ओमानमा जारी आईसिसी टी-२० विश्वकपको विश्वकप छनोटको सेमिफाइनल पुगेका छन् ।

समूह एअन्तर्गतको आफ्नो अन्तिम खेलमा सोमबार बहराइनले यूएईलाई हराएपनि अगाडि बढ्न सकेन । तीन खेलमा दुई जित हात पारेको बहराइन नेट रनरेटमा यूएई र आयरल्यान्डभन्दा पछाडि परेको हो ।

यूएई र आयरल्यान्डले पनि ३ खेलबाट समान ४ अंक जोडेका थिए । आयरल्यान्ड समूह विजेता र यूएई समूह उपविजेता बन्यो ।

बहराइनविरुद्ध १ सय ७३ रनको लक्ष्य पछ्याएको यूएईले २० औँ ओभरमा २४ रन जोडेपनि जित हात पार्न सकेन । सोमबार नै भएको अर्को खेलमा आयरल्यान्डले जर्मनीलाई ७ विकेटले हराएर अगाडि बढ्ने सम्भावना कायम राखेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर