एमसीसीविरुद्ध प्रदर्शनले बानेश्वर अस्तव्यस्त, प्रहरीले हान्यो रबरको गोली (तस्बिरहरू) – Nepal Press

एमसीसीविरुद्ध प्रदर्शनले बानेश्वर अस्तव्यस्त, प्रहरीले हान्यो रबरको गोली (तस्बिरहरू)

काठमाडौं । एमसीसीको विरोधमा भएको प्रदर्शनको क्रममा बानेश्वर क्षेत्र अस्तव्यस्त भएको छ । संसद भवनभित्र एमसीसी टेबल भइरहँदा सत्ता गठबन्धनमा रहेका दलहरू नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीनिकटका भ्रातृ संगठनले विरोध जारी राखेका छन् ।

झण्डै ४ घण्टादेखि विरोध जारी छ । आक्रोशित प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरीले बल प्रयोग गरेको छ । आन्दोलनकारीले पेट्रोल छर्केर बीच सडकमा आगो बालेका छन् ।

पानीको फोहोरा र अश्रुग्याबाट पनि आन्दोलनकारी हटाउन नसकेपछि प्रहरीले रबरको गोली प्रहार गरेको छ । प्रहरीको कुटाइबाट केही विद्यार्थी तेथा युवा नेता घाइतेसमेत भएका छन् ।

तस्बिरहरू : गौरव पौडेल । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर