नेपालको बलिङसामू ओमानको ब्याटिङ धराशयी बन्दै, ३५ रनमै गुम्यो ६ विकेट – Nepal Press

नेपालको बलिङसामू ओमानको ब्याटिङ धराशयी बन्दै, ३५ रनमै गुम्यो ६ विकेट

काठमाडौं । टि–२० विश्वकप क्वालिफायर अन्तरगत ओमानविरुद्धको म्याचमा नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेका छन् । ओमानले ३५ रन बनाउँदा नै ६ विकेट गुमाइसकेको छ ।

नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै ओमानलाई ११८ रनको लक्ष्य दिएको थियो । सुरुमा सामान्य देखिएको लक्ष्य कठिन पिच र नेपालको उत्कृष्ट बलिङले गर्दा ओमानका लागि पहाड बनेको छ । कुनै पनि नेपाली बलरले ओमानी ब्याट्सम्यानलाई खुलेर खेल्न दिएका छैनन् ।

नेपालका कमल सिंह ऐरीले पहिलो ओभरमै विकेट लिएर उत्कृष्ट सुरुवात गरेका थिए । त्यसयता ओमानका ब्याट्सम्यान एकपछि अर्को गरी पेभिलियन फर्किरहेका छन् ।

कमल ऐरीसहित जितेन्द्र मुखिया, सन्दिप लामिछाने, अविनाश बोहरा र दिपेन्द्र सिंह ऐरीको खातामा एक–एक विकेट गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर