सांग्रिला डेभलपमेन्ट बैंकको १०८ औं शाखा चौरजहारीमा – Nepal Press

सांग्रिला डेभलपमेन्ट बैंकको १०८ औं शाखा चौरजहारीमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले रुकुम पश्चिमको चौरजहारी नगरपालिका २ मा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सोमबार सो शाखा सञ्चालनमा ल्याएको हो ।

चौरजहारी शाखा कार्यालय संचालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।

यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०८ पुगेको छ र आजको यस शाखाको उद्घाटन चौरजहारी नगरपालिकाका नगर प्रमुख विशाल शर्माबाट गराइएको छ ।

बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकलाई अझ सरल र सहज तरिकाले बैकिङ्ख सेवा लिने वातावरण बनेकोमा छ ।

बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *