करणले विश्वकप छनोट खेल गुमाउने : गुलसनले स्थान लिने – Nepal Press

करणले विश्वकप छनोट खेल गुमाउने : गुलसनले स्थान लिने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर अलराउन्डर करण केसीले ढाडको समस्याका कारण विश्वकप छनोटका खेलहरु गुमाउने भएका छन् ।

स्रोतका अनुसार करणले ढाडको समस्याले सबै खेल गुमाउने भएपछि उनको स्थानमा तिब्र गतिका बलर गुलसन झा ओमान जाने भएका छन् । गुल्सनको भिसा प्रक्रिया पूरा भएपछि उनी दुईदेखि तीन दिन भित्र ओमान प्रस्थान गर्नेछन् । करणले चोटकै कारण चारलेशिय टी–२० शृङखला पनि गुमाएका थिए ।

नेपालले विश्वकप छनोटको पहिलो खेलमा शुक्रबार घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

विश्वकप छनोटको तयारी स्वरुप आयोजित चार देशिय टी–२० शृङखलामा नेपालले एक मात्रै जित निकालेको थियो उद्घाटन खेलमा आयोजक ओमानलाई ६ विकेटले पराजित गरेको नेपालले दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)सँग २५ रनले हारेको थियो र अन्तीम खेलमा आयरल्यान्डसँग १६ रनले पराजय बेहोरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर