पूर्वाधार विशेष कार्यक्रम अन्तरगत कर्णालीमा २० करोडका योजना हेरफेर हुँदै – Nepal Press

पूर्वाधार विशेष कार्यक्रम अन्तरगत कर्णालीमा २० करोडका योजना हेरफेर हुँदै

सुर्खेत । नेकपा एमाले र कर्णाली प्रदेश सरकारबीच माघ १८ गते भएको सहमति अनुसार प्रदेशका पाँच निर्वाचन क्षेत्रमा वितरण भएका २० करोड बराबरका योजना हेरफेर हुने भएका छन् ।

प्रमुख प्रतिपक्षी दल एमालेले फ्लोर क्रस गरेका चार जना र नेकपा एमालेमा प्रवेश गरेका एक जनाको निर्वाचन क्षेत्रमा गएको बजेटलाई आफूहरुको सहमतिमा मात्रै कार्यान्वयन गर्नुपर्ने माग गरेको थियो ।

एमालेको माग अनुसार अहिले ती निर्वाचन क्षेत्रमा विनियोजन भएको बजेट तत्काल कार्यान्वयन नगर्न भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले परिपत्र समेत गरेको छ ।

दैलेखका अम्मरबहादुर थापा र धर्मराज रेग्मी, कालिकोटका कुर्मराज शाही, सल्यानका प्रकाश ज्वाला र डोल्पाका नन्दसिंह बुढाको निर्वाचन क्षेत्रमा चार करोडका दरमा पूर्वाधार विशेष कार्यक्रम अन्तरगत भएको बजेट वियोजन मनलाग्दी भएको भन्दै एमालेले विरोध गरेको थियो ।

एमालेले ती क्षेत्रमा गएको बजेट कार्यान्वयन नगर्न पनि सरकारलाई दबाव दिँदै आएको थियो ।

मन्त्रालयका सीडीई रमेश सुवेदीले राजनीतिक नेतृत्वबीच भएको सहमति अनुसार अघि बढ्न मातहतका पूर्वाधार कार्यालयलाई निर्देशन दिइसकिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *