दीपेन्द्रको ‘करिअर बेस्ट बलिङ’, आयरल्यान्ड १२७ रनमा सीमित – Nepal Press

दीपेन्द्रको ‘करिअर बेस्ट बलिङ’, आयरल्यान्ड १२७ रनमा सीमित

काठमाडौं । ओमानमा जारी चार देश सम्मिलित टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत आफ्नो अन्तिम खेल जित्न नेपालले टेस्ट मान्यताप्राप्त आयरल्यान्डबाट एक सय २८ रनको लक्ष्य पाएको छ ।

टस जितेर आयरल्यान्डलाई ब्याटिङ गर्ने जिम्मा दिएको नेपालका लागि ब्याटिङ अलराउन्डर दीपेन्द्रसिंह ऐरीले शानदार प्रदर्शन गरेका हुन् । आयरल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय २७ रन जोड्यो ।

दीपेन्द्रले ४ ओभरमा २१ रन खर्चिएर ४ विकेट लिए । दीपेन्द्रले १२ औँ ओभरमा दुई विकेट लिएका थिए । उनले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा करियर बेस्ट बलिङ गरेका हुन् ।

यसअघि टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनले एक विकेट मात्र लिएका थिए । त्यसअघि मिडियम पेस बलरले नेपाललाई बलियो सुरुवात दिलाएका थिए ।

यो पनि पढ्नुहोस्ः टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गर्ने पहिलो बलर बने सन्दीप

मिडियम पेस बलरहरु अविनाश बोहराले दुई तथा जितेन्द्र मुखिया र कमलसिंह ऐरीले एक एक विकेट लिएका हुन् । १८ औँ ओभरमा विकेट लिँदै सन्दीप लामिछाने टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पुरा गर्ने पहिलो नेपाली बलर बनेका छन् ।

यो खेलमा उनको यो चौथो ओभर थियो । उनले २९ खेलमा यो सफलता हात पारेका हुन् । शृंखलाअन्तर्गत अघिल्ला दुवै खेलमा सन्दीपले एक एक विकेट लिएका थिए ।

यो पनि पढ्नुहोस्ः दीपेन्द्रको करिअर बेस्ट बलिङ, २१ रन खर्चिएर लिए ४ विकेट

अघिल्ला दुई खेलमा पनि टस जितेका नेपालका कप्तान सन्दीप लामिछानेले दुवैमा पहिला बलिङ गर्ने निर्णय लिएका थिए ।

पहिलो खेलमा ओमानलाई ६ विकेटले पराजित गरेको नेपाल दोस्रो खेलमा शनिबार यूएईसँग २५ रनले पराजित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर