५२१ कोरोना संक्रमित थपिँदा ३९३५ जना डिस्चार्ज – Nepal Press

५२१ कोरोना संक्रमित थपिँदा ३९३५ जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो केहीदिन यता कोरोनाभाइरस संक्रमण दर घट्दै गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ५२१ जनामा कोरोना पुष्टि भएको छ ।

६ हजार ३७ पीसीआर परीक्षणमा ४२७ र ४ हजार ७८ एन्टीजेन परीक्षणमा ९४ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थप ३९३५ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

थप १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

आज देशभरी २२ हजार ५८४ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *