पुलिसलाई हराउँदै सातदोबाटो पाँचौं स्थानमा उक्लियो – Nepal Press

पुलिसलाई हराउँदै सातदोबाटो पाँचौं स्थानमा उक्लियो

काठमाडौं । नेपाल पुलिस क्लबलाई १-० गोलको नतिजामा पराजित गर्दै नव प्रवेशी सातदोबाटो युथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग तालिकाको पाँचौं स्थानमा उक्लिएको छ ।

सातदोबाटोस्थित एन्फा कप्लेक्समा सम्पन्न खेलमा मिडफिल्डर आकाश बुढामगरको निर्णायक गोलबाट सातदोबाटो विजयी भएको हो । आकाशले खेलको १९औं मिनेटमा प्राप्त पेनाल्टीलाई सहजै पोस्टको दिशा दिएका थिए ।

लिगमा १० खेल खेलेको सातदोबाटोले चार खेलमा जित, तीन बराबरी र तीन हारको नतिजा निकालेको छ ।

लिगमा १० अंक जोडेको पुलिस तालिकाको १०औं स्थानमा छ । पुलिसले नौ खेलमध्ये दुईमा जित चारमा बराबरी र तीनमा हारको नतिजा निकालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर