यूएईले नेपाललाई दियो १९३रनको विशाल लक्ष्य – Nepal Press

यूएईले नेपाललाई दियो १९३रनको विशाल लक्ष्य

काठमाडौं । चारदेशीय शृङखलामा संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाललाई १ सय १९३ रनको लक्ष्य दिएको छ ।

ओमानको अल अमेरत क्रिकेट स्टेडियममा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तोे पाएको यूएईले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ९२ रनको योगफल तयार गरेको थियो ।

युएईका लागि ओपनर चिराग सुरीले ५३ बलमा ५ चौका र ५ छक्कासहित ८४ रनको अविजित इनिङ खेले । यस्तै, रोहन मुस्तफा ३५ बलमा ४९ रन बनाएर पभेलियन फर्किएका थिए ।

मुहमद वासिम १३ बलमा २२ , बासिल हमिदले १७ रन जोडे भने, मोहमद बोटाले १४ रनको योगदान गरे । नेपालको वलिङमा साहव अलाम, आरिफ शेख र सन्दीप लामिछानेले समान १ विकेट लिए ।

आईसीसी टी–२० विश्वकपको तयारीस्वरुप आयोजित शृङखलको पहिलो खेलमा नेपालले आयोजक ओमानलाई ६ विकेटले पराजित गरेको थियो । अन्तिम खेलमा नेपालले सोमबार आयरल्यान्डको समाना गर्नेछ ।

नेपालको प्लेइङ ११

आसिफ शेख, लोकेश बम, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, शरद भेषावकर, आरिफ शेख, विवेक यादव, सन्दीप लामिछाने, कमलसिंह एरी, जितेन्द्र मुखिया, साहब आलम

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर