सुमनको गोलले आर्मी हारबाट जोगियो – Nepal Press

सुमनको गोलले आर्मी हारबाट जोगियो

काठमाडौं । अन्तिम समयमा सुमन अर्यालले गोल गरेसँगै त्रिभुवन आर्मी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा जावलाखेल युथ क्लबविरुद्धको खेलमा हारबाट जोगिएको छ ।

शुक्रबार दशरथ रंगशालामा भएको दशौं चरणका दोस्रो खेलमा जावलाखेलका लागि ओनगुना जुनियरले र आर्मीका लागि सुमन अर्यालले गोल गरे ।

खेलको ५३औं मिनेटमा आनगुनाले गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए । उनले रुप बहादुर लामाको पासमा बक्स भित्रबाट सुन्दर गोल गरेका थिए ।

त्यसअघि पनि जावलाखेलले पाएका थुप्रै अवसर हरुलाई सदुपयोग गर्न सकेन । खेलक २४औं मिनेटमा ओनगुनाले पेनाल्टी एरियाको बाँया तर्फबाट गरेको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले उत्कृष्ट बचाउ गरेका थिए । पुनः उनले नै २९औं मिनेटमा गरेको प्रहार विकेसले पुन बचाएका थिए ।

आजको खेलमा आर्मीलाई पुरै समय दवावमा राखेको जावलाखेलका लागि ओन्गुनाले उत्कृष्ट प्रदर्शन गरेका थिए । ३० औं मिनेटमा निकालोस फर्नान्डेजको कर्नरमा आनगुनाकै हेडर पोष्ट नजिकैबाट बाहिरिएको थियो ।

खेलको निर्धारित समयसम्मपनि आर्मीले पाएका अवसरहरु खेर फालेको थियो । खेलको इन्जुरी समयमा सुमन अर्यालले गोल गर्दै आर्मीको हार टारेका थिए । उनले जग्जित श्रेष्ठको पासमा सुन्दर फिनिस गरेका थिए ।

बराबरीसँगै जावलाखेल १० अंक जोड्दै तालिकाको ११औं स्थानमा छ । यस्तै, आर्मी १८अंक सहित तेस्रो स्थानमा यथावत छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर