लगातार बलमा नेपालले लियो विकेट, ओमान दबाबमा – Nepal Press

लगातार बलमा नेपालले लियो विकेट, ओमान दबाबमा

काठमाडौं । चार देश सम्मिलित टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो पहिलो खेलमा नेपाल अहिले ओमानसँग खेलिरहेको छ । टस जितेर पहिला फिल्डिङ रोजेको नेपालविरुद्ध ओमानले ३.१ ‌ओभरमा २ विकेट गुमाएर २४ रन जोडेको छ ।

अविनाश बोहरा र आरिफ शेखले विकेट लिएका हुन् । ओमानले तेस्रो ओभरको अन्तिम बलमा प्रजापतीलाई अविनाशको बलमा गुमाएको हो । चौथो ओभरको पहिलो बलमै आरिफले अर्का ओपनर जतिन्दर सिंहलाई आउट गरे । आरिफले व्यक्तिगत पहिलो ओभरमै विकेट लिएका हुन् ।

ओमानविरुद्ध उत्रदै नेपालका सागर ढकाल र विवेक यादवले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका छन् ।

नेपाली टोलीको प्लेइङ-११ का अन्य सदस्यमा सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख,कमलसिंह ऐरी, शरद भेषावकर र अविनाश बोहरा छन् ।

यसअघि टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ओमानसँग एकपटक भिडेकामा नेपालले त्यसमा हार व्यहोरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर