फागुनदेखि ब्याजदर बढाउने बैंकर्स संघको निर्णय – Nepal Press

फागुनदेखि ब्याजदर बढाउने बैंकर्स संघको निर्णय

काठमाडौं । फागुनदेख निक्षेपको व्याजदर वृद्धि हुने भएको छ । नेपाल बैंकर्स संघको कार्यसमितिको बैठकले फागुनदेखि नयाँ व्याजदर लागू गर्न लागेको हो ।

बैंकर्स संघको आज बसेको बैठकले व्यक्तिगत मुद्दतीतर्फ ११.०३ प्रतिशत, संस्थागततर्फ १०.३ प्रतिशत नयाँ व्याजदर कायम गर्न लागेको हो ।

बचत खातामा ५ प्रतिशत र कलमा ३.०१५ प्रतिशत पुर्‍याउने निर्णय संघले गरेको छ । सोही निर्णयअनुसार बैंकहरूलाई आगामी महिनादेखि नयाँ व्यादजर लागू गर्न निर्देशन दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *