ए डिभिजन लिगमा दशौं चरणका खेल आजदेखि – Nepal Press

ए डिभिजन लिगमा दशौं चरणका खेल आजदेखि

काठमाडाैं । सहिद स्मारक ए डिभिजन लिगको दशौं चरणको खेल आजदेखि सुरु हुँदैछ । यस चरणका एक खेल सातदोबाटोस्थित एन्फा मैदानमा हुनेछ भने ६ खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

आजको पहिलो खेलमा रेलिगेसन जोनमा रहेको फ्रेन्डस क्लबले ब्रिगेड ब्वाइज क्लब (बीबीसी)को सामना गर्नेछ । दोस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दशरथ रंगशालामा क्रमशः १ बजे र साँझ पौने ५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा फ्रेण्ड्स र बीबीसी दुबै टोलीलाई रेलिगेशनको चिन्ता छ । फ्रेन्ड्सले दशौँ खेलमा समेत जित निकाल्न नसके रेलिगेशनको थप दबाब झेल्नुपर्छ ।
प्रशिक्षक मृगेन्द्र मिश्रको भनाई मान्ने हो भने बीबीसीविरूद्वको खेलमा पराजित भए फ्रेन्डस ९९ प्रतिशत रेलिगेशनमा जानेछ ।

बीबीसी भने फ्रेन्ड्सलाई पराजित गर्दै रेलिगेशनको खतरा टार्न चाहन्छ । फ्रेन्ड्स ३ अंक जोडेर लिगको पुछारमा रहेको छ । फ्रेन्ड्सले ९ चरण सकिँदा जित निकाल्न सकेको छैन । बीबीसी ६ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

दिनको दोस्रो खेलमा साँझ पौने ५ बजे त्रिभुवन आर्मी फुटबल क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी जित निकाल्दै शीर्ष स्थानको मछिन्द्रलाई दबाब बढाउन चाहन्छ । जावलाखेल आर्मीलाई रोक्दै रेलिगेशनको दबाबबाट मुक्त हुन चाहन्छ ।

आर्मी १७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । जावलाखेल ८ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर