प्रशिक्षक मिश्र भन्छन्- रेलिगेशनबाट बच्न फ्रेन्ड्सलाई जित आवश्यक – Nepal Press

प्रशिक्षक मिश्र भन्छन्- रेलिगेशनबाट बच्न फ्रेन्ड्सलाई जित आवश्यक

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा तालिकाको पुछारमा रहेको टोली फ्रेन्डसक्लबलाई रेलिगेशन बाट बच्न मुस्किलजस्तै भएको छ ।

लिगमा नवौं चराणको खेल सकिँदासम्म पनि फ्रेन्ड्स रेलिगेशन क्षेत्रबाट माथि उक्लिन सकेको छैन । दशौं चरणका खेलहरू शुक्रबारदेखि दशरथ रंगाशाला र एन्फा कम्प्लेक्समा सुरू हुँदैछ । दशौं चरणको खेलमा भोलि फ्रेन्ड्सले बिग्रेड ब्वाइजसँग खेल्दैछ ।

खेलअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै फ्रेन्डसका मुख्य प्रशिक्षक मृगेन्द्र मिश्रले भोलिको खेलमा जित निकाल्न नसके गणितीय हिसाबमा पनि रेलिगेशनबाट बच्न कठिन हुने बताएका छन् ।

‘कोरोना बाट बच्न भ्याक्सिन लाए झैं फ्रेन्ड्सलाई रेलिगेशनबाट बच्न जित नै अन्तिम उपाय हो । बिग्रडविरुद्धको खेल निकै नै महत्वपूर्ण छ । हाम्रो मनसाय जित निकाल्नका लागि नै खेल्ने रहेको छ । हार्‍यो भने त ९९ प्रतिशत रेलिगेसन हो, जसरी पनि जित्नुपर्ने छ । भोलिको खेलका लागि टोलीमा एक-दुई जना नयाँ खेलाडी छन् जसले यसअघि यू-९ मा प्रतिनिधित्व गरिसकेका छन्,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर