एनएनआईपीए स्पोर्टस् अवार्ड फागुन १७ गते हुने – Nepal Press

एनएनआईपीए स्पोर्टस् अवार्ड फागुन १७ गते हुने

काठमाडौं । नेपाल रष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले १६औं संस्करणको (एनएनआईपीए) स्पोर्टस् अवार्ड फागुन १७ गते गर्ने भएको छ ।

आयोजकले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै अवार्ड गोदावरीमा आयोजना गर्ने जनाएको छ ।

एनएनआईपीएले सात विधामा अवार्ड दिने भएको छ । जसमा २७ खेलमध्ये उत्कृष्ट खेलाडीहरुबाट एक महिला र एक पुरुषलाई सर्वोत्कृष्ट, प्रतिभाशाली र उदयीमान खेलाडीले अवार्ड पाउनेछन् ।

यस्तै, एकजना पुराना खेलाडीलाई गजराज आदर्श खेल व्यक्तित्वको अवार्ड, एकजना खेल पत्रकारलाई (एनएनआईपीए) खेल पत्रकारिता पुरस्कार र एक जना वर्ष उत्कृष्ट पारा खेलाडीलाई अवार्ड प्रदान गरिने संघका अध्यक्ष दिपक श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर