फिफा वरीयतामा नेपालको दुई स्थान सुधार
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली फिफा वरीयतामा दुई स्थान माथि उक्लिएको छ ।
फिफाले बिहीबार सार्वजानिक गरेको नयाँ वरीयता अनुसार नेपाल दुई स्थान माथि उक्लन सफल भएको हो ।
नेपाल हाल १६७ औं स्थानमा उक्लेको छ । नेपालको वरीयता १६९ रहेको थियो ।
नेपालले घरेलु मैदानमा मोरिससविरुद्ध खेलेको दुई मैत्रीपूर्ण खेलका आधारमा नेपालले दुई स्थान सुधार गरेको हो ।
नेपालले मोरिससविरुद्ध दुई मैत्रीपूर्ण खेलमा १–० गोलको जित निकालेको थियो ।
फिफा वरीयताको शीर्ष वरीयतामा बेल्जियम यतावत छ । ब्राजिल दोस्रो स्थानमा छ भने फ्रान्स तेस्रो स्थानमा हुँदा अर्जेन्टिना चौथो स्थानमा छ ।
दक्षिण एसियाली देशहरुमा बलियो मानिएको भारत १०४ औं स्थानमा छ ।