६ महिनाको तथ्यांक : पढ्न र घुम्न जानेसँगै नेपालबाट बाहिरियो २९ अर्ब रुपैयाँ – Nepal Press

६ महिनाको तथ्यांक : पढ्न र घुम्न जानेसँगै नेपालबाट बाहिरियो २९ अर्ब रुपैयाँ

काठमाडौं । नेपालबाट विदेश पढ्न जाने विद्यार्थीले आर्थिक वर्षको पहिलो ६ महिनामा १७ अर्ब ४८ करोड रुपैयाँ खर्च गरेका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्षको पहिलो ६ महिनाको तथ्यांक अनुसार विभिन्न देशमा पढ्न गएका विद्यार्थीले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालबाट विदेश पढ्न जानेहरुले १७ अर्ब ४८ करोड रुपैयाँ खर्च गरेका हुन् ।

अघिल्लो आबको पहिलो ६ महिनाको भन्दा सो आवको पहिलो ६ महिनामा ५ अर्ब रुपैयाँ धेरै हो । गत आवको पहिलो ६ महिनामा ११ अर्ब विदेश अध्ययन गर्न जादा खर्च भएको थियो ।

नेपालबाट विभिन्न देश घुम्न गएर नेपालीले ६ महिनामा १२ अर्ब ७ करोड रुपैयाँ खर्च गरेका छन् । गत अबको पहिलो ६ महिनामा भन्दा चालु आबको ६ महिनामा ३ अर्बको हाराहारीमा मात्रै खर्च भएको थियो । गत आबको तुलनामा सो अबको पहिलो ६ महिनामा ९ अर्ब धेरै घुम्नका लागि नेपालीले खर्च गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *