ग्रीनलाइनका सञ्चालक अग्रवाल काठमाडौंमा – Nepal Press

ग्रीनलाइनका सञ्चालक अग्रवाल काठमाडौंमा

काठमाडौं । मदिरा व्यापारी ग्रीनलाइनका सञ्चालक ओमप्रकाश अग्रवाल काठमाडौं आइपुगेका छन् । उनी पुस २२ देखि सम्पर्कविहीन थिए ।

हिजो मात्रै अग्रवालकी छोरी रजनी अग्रवालले आफ्नो बुबा सम्पर्कमा आएको भनेर प्रहरीमा सूचना दिएकी थिइन् । महानगरीय प्रहरी वृत मालिगाउँ प्रमुख मीनबहादुर कुँवरले अग्रवाल परिवार काठमाडौं आएको जानकारी आएको बताए । उनले भने, ‘रजनीले बुबा काठमाडौं आएपुगेको जानकारी दिइन् ।’

ओमप्रकाश बैंक, वित्तीय संस्था र व्यक्तिहरूसँग २ अर्बभन्दा धेरै ऋण लिएका थिए । ऋण लिएर भागेपछि इन्भेष्टमेन्ट र एभरेष्ट बैंकले सम्पत्तिमा सूचना टाँससहित ताला लगाएको थियो ।

ग्रीनलाइनले तारे होटल, रेष्टुरेन्टमा महँगा ब्राण्डका विदेशी मदिरा बिक्री गर्दै आएको थियो । ग्रीनलाइन ठूला करदाताको सूचीमा समेत छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *