मछिन्द्र र ब्लुस्टारबीचको खेल दशरथ रंगशालामा चैत २२ गते हुने – Nepal Press

मछिन्द्र र ब्लुस्टारबीचको खेल दशरथ रंगशालामा चैत २२ गते हुने

काठमाडौं । एएफसी कप छनोट अन्तर्गत मछिन्द्र फुटबल क्लब र श्रीलंकाको ब्लुस्टार क्लबबीचको खेल दशरथ रंगशालामा हुने भएका छ ।

एसियाली फुटबल महासंघ (एएफसी)ले प्रतियोगिताको समय र स्थान तय गरेसँगै खेल दशरथ रंगशालालमा चैत २२ गते साँझ पाँच बजे हुने भएको छ ।

मछिन्द्रले जारी ‘ए’ डिभिजन लिगको सातौं चराणको समाप्तिमा तालिकाको शिर्ष स्थानमा रहेर एएफसी कप छनोटमा स्थान बनाएको थियो ।

यदि मछिन्द्रले ब्लुस्टारलाई पराजित गर्न सफल भयो भने अर्को चरणमा एटिके मोहन बगानसँग अप्रिल १२ मा कोलकातामा खेल्नेछ । त्यो खेलमा पनि जित निकाल्दै समूह चरण सम्म पुग्न सके मछिन्द्र समूह ‘डी’मा भारतको गोकुलम केरला, बंगलादेशको बसुन्धरा किङ्ग्स र माल्दिभ्सको माजिया स्पोर्टससँग पर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर