भिटेनको युट्युब च्यानल कब्जामा लिएर ह्याकरले गरे क्रीप्टोकरेन्सीको लाइभ – Nepal Press

भिटेनको युट्युब च्यानल कब्जामा लिएर ह्याकरले गरे क्रीप्टोकरेन्सीको लाइभ

काठमाडौं । चर्चित नेपाली र्‍यापर भिटेनको युट्युव च्यानल ह्याक भएको छ । कब्जामा लिइएको सो च्यानलमा १६ लाख ३० हजारभन्दा बढी सब्स्क्राइबर छन् ।

‘भिटेन म्युजिक’ नाम गरिएको उक्त च्यानललाई ह्याकरले कब्जामा लिएर ‘बिग २०२२ इभेन्ट नाममा ‘क्रिप्टोकरेन्सीसम्बन्धी लाइभ गरेको थियो ।

सन् २०१५ मा तयार पारिएको उक्त च्यानलमा राखिएका भिडिओमा करिब २२ करोड भ्युज थियो । ह्याकरले च्यानलको नाम परिवर्तन गरी Ethereum [2,9] राखेको छ ।

केही दिन अघि मात्र एपी वान टेलिभिजनको युट्युब च्यानलसमेत यसैगरी ह्याकरको कब्जामा पुगेको थियो । तर दुई दिनपछि युट्युबको सहयोगमा उक्त च्यानल फिर्ता आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *