२२ अंकले घट्यो सेयर बजार, साढे ३ अर्बको मात्रै कारोबार – Nepal Press

२२ अंकले घट्यो सेयर बजार, साढे ३ अर्बको मात्रै कारोबार

काठमाडौं । सेयर बजार आज पनि घटेको छ । बजार २२.११ अंकले घटेको हो । ०.७८ प्रतिशतले सेयर बजार घट्दा नेप्से परिसूचक २८१३.४७ अंकमा झरेको छ ।

३ अर्ब ४७ करोड ११ लाख ९ हजार १ सय ८२ रुपैयाँको मात्रै आज सेयर कारोबार भएको छ । २ सय २३ वटा कम्पनीका ६५ लाख २० हजार ६ सय २८ कित्ता सेयर खरिदबिक्री भएको हो ।

लिबर्टी इनर्जीको सेयर मूल्य ३.०८ प्रतिशतले वृद्धि भएको छ । आज सबैभन्दा धेरै सेयर मूल्य बढेको कम्पनी लिबर्टी नै हो । सबैभन्दा धेरै कारोबार भने अरुण भ्याली हाइड्रोको भएको छ । सो कम्पनीको आज १८ करोड ६१ लख ६९ हजार ७ सय ६५.३० रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *