वर्नलीसँग रोकिँदा युनाइटेडले प्रिमियर लिगको शीर्ष चारमा उक्लिने मौका गुमायो – Nepal Press

वर्नलीसँग रोकिँदा युनाइटेडले प्रिमियर लिगको शीर्ष चारमा उक्लिने मौका गुमायो

काठमाडौं । रेलिगेशन जोनमा रहेको वर्नलीसँग १-१ गोलको बराबरीमा रोकिएपछि म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगको शीर्ष चारमा उक्लने अवसर गुमाएको छ ।

वर्नलीको मैदानमा सुरुआती अग्रता लिए पनि युनाइटेडले सकेन । पाउल पोग्वाले १८औं मिनेटमा गरेको गोलसँगै युनाइटेडले अग्रता बनाएको थियो । तर घरेलु टोलीका जय रोड्रिगुयजले ४७औं मिनेट बराबरी गोल गर्दै टोलीको संकट टारे ।

खेलको ६८औं मिनेटमा क्रिष्टियानो रोनाल्डो सब्स्टिच्युड रुपमा मैदान प्रवेश गरे पनि कुनै जादु देखाउन सकेनन् ।

बराबरीपछि युनाइटेड २३ खेलबाट ३९ अंकसहित पाँचौं स्थानमा छ । वर्नली भने २० खेलबाट १४ अंकसहित तालिकाको पुछारमा छ ।

राति नै भएको खेलमा न्युक्यासल युनाइटेडले एभर्टनलाई ३-१ तथा वेस्ट ह्याम युनाइटेडले वाट्फोर्डलाई १-० ले पराजित गर्दै शीर्ष चारमा उक्लियो ।

लिगमा २३ खेलबाट ५७ अंक सहित म्यान्चेस्टर सिटी शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर