धनाढ्यको सूचीमा चार स्थानमाथि उक्लिए विनोद चौधरी – Nepal Press

धनाढ्यको सूचीमा चार स्थानमाथि उक्लिए विनोद चौधरी

काठमाडौं । नेपाली धनाढ्य विनोद चौधरी फोर्ब्स अर्बपति सूचीमा चार स्थान माथि उक्लिएका छन् ।

फोर्ब्स रियल टाइम आँकडाअनुसार सन् २०२१ मा २१४१ स्थानमा रहेका चौधरी सन् २०२२ को फेब्रुअरी ८ मा २१३७ मा स्थानमा उक्लिएका हुन् ।

तर, उनको सम्पत्ति चाहिँ स्थिर देखिएको छ । रियल टाइम आँकडा चाहिँ थपघट भैरहन्छ । 

फोर्ब्सका अनुसार चौधरीको कूल सम्पत्ति १.४ बिलियन अमेरिकी डलर छ । फोर्ब्सले चौधरीको सम्पत्तिमा वृद्धि भएको संकेतस्वरुप ‘ग्रीन सिग्नल’ समेत देखाएको छ ।

६६ वर्षिय चौधरीको सम्पत्तिको स्रोतलाई फोर्ब्सले ‘विविधकरण’ भने उल्लेख गरेको छ । चौधरी सीजी कर्प, नाबिल बैंक, सीजी फुड र वाइ वाइ उत्पादन कम्पनीका मालिक हुन् ।

साथै, उनी सत्तारुढ दल नेपाली कांग्रेसको मंसिरमा सम्पन्न १४ औं महाधिवेशनबाट केन्द्रिय सदस्यमा समेत निर्वाचित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *