मौज्दात खोपको विवरण सार्वजनिक गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन – Nepal Press

मौज्दात खोपको विवरण सार्वजनिक गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोप अभिलेख सार्वजनिक नगर्ने ६ जिल्ला र एक सय नौ स्थानीय सरकारलाई तत्काल मौज्दात खोप विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ ।

यसअघि मन्त्रालयले २१ माघसम्ममा सातै प्रदेश, ७७ वटै जिल्ला र स्थानीय तहहरूलाई मौज्दात खोप विवरण सार्वजनिक गर्न निर्देशन दिएको थियो ।

सो निर्देशनअनुसार सातै प्रदेश, ७१ जिल्ला तथा ६४४ स्थानीय तहले विवरण उपलब्ध गराएका थिए । तर, हालसम्म विवरण प्रविष्ट गर्न ६ जिल्ला र एक सय नौ स्थानीय तहलाई खोपको मौज्दात यथाशिघ्र अनिवार्य रुपमा प्रविष्ट गर्न निर्देशन दिएको हो ।

कोभिड–१९ विरुद्धको खोप अभिलेख सम्बन्धमा छानबिन गर्न गठित समितिको पहिलो बैठकको निर्णयअनुसार कोभिड–१९ विरुद्धको खोपको मौज्दात र कोभिड–१९ विरुद्धको खोपलगायका सबै व्यक्तिहरूको विवरण डिएचआइएस–२ प्रणालीमा प्रविष्ट गर्न सार्वजनिक सूचना जारी भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *