आइतबार १३ सय कोभिड बिरामी थपिए, ११ जनाको मृत्यु – Nepal Press

आइतबार १३ सय कोभिड बिरामी थपिए, ११ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा आइतबार थप १३ सय ८६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ८७०४ जना डिस्चार्ज भएका छन् ।

९ हजार २५१ जनाको नमुना परीक्षण गर्दा ती संक्रमित पुष्टि भएका हुन् । सक्रिय संक्रमित संख्या ४५ हजार ३४८ रहेको छ ।

गत २४ घण्टामा ७९ हजार ९५९ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *