निको हुनेको संख्या ९ लाख : २४ घण्टामा थपिए १७१४ संक्रमित, ९ जनाको मृत्यु – Nepal Press

निको हुनेको संख्या ९ लाख : २४ घण्टामा थपिए १७१४ संक्रमित, ९ जनाको मृत्यु

काठमाडाैं । नेपालमा आज १७१४ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । पछिल्लो केही दिनयता परीक्षण कम हुँदा संक्रमितको संख्या घट्दै गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २२५ जनाको पीसीआर परीक्षण गर्दा ११०३ र ३ हजार २८८ जनाको एन्टीजेन परीक्षण गर्दा ६११ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज ४ हजार ७७१ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

यस्तै थप ९ जनाको मृत्यु भएको छ । देशभरी सक्रिय संक्रमितको संख्या ५२ हजार ७८० रहेको छ ।

मन्त्रालयका अनुसार आज काठमाडौंमा ३१६, ललितपुरमा १०४ र भक्तपुरमा ४३ जनामा संक्रमण पुष्टि भएको छ ।

आजसम्म देशभरी ९ लाख ६५ हजार २२२ जनामा पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएकोमा ९ लाख ६३९ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *