‘छिमेक पहिलो नीति’ अन्तर्गत भारतले नेपालमा कोइला निर्यात गर्ने – Nepal Press

‘छिमेक पहिलो नीति’ अन्तर्गत भारतले नेपालमा कोइला निर्यात गर्ने

नयाँदिल्ली/रोयटर्स । संसारको सबैभन्दा ठूलो कोइला खानी कोल इन्डिया लिमिटेडले नेपाल, बंगलादेश र भुटानमा सीधारुपमा कोइला निर्यात गर्ने भएको छ ।

रोयटर्सले प्राप्त गरेका कागजात र स्रोतका अनुसार दशकसम्म घरेलु माग धान्दै गरेको उक्त कोइला खानीले अब भने छिमेकी मुलुकमा उत्पादनलाई सीधै निर्यात गर्ने जनाएको हो ।

भारतको कोइला मन्त्रालयले तयार पारेको प्रस्तावमा भारतको ‘छिमेकी पहिलो विदेश नीति’ अन्तर्गत कोइला आपूर्ति सुरु गर्न लागिएको उल्लेख छ । दक्षिण एसियामा चीनको बढ्दो प्रभुत्वलाई कम गराउन भारतले उक्त विचार गरिरहेको रोयटर्सले जनाएको छ ।

उक्त प्रस्ताव सन् २०२० मा कर्पोरेट रणनीति अन्तर्गतको आन्तरिक बैठकमा प्रस्तुत गरिएको थियो । कोल इन्डियाका प्रमुखले रोयटर्सलाई यस कुराको पुष्टि समेत गरेका छन् ।

तर, चरम कोइला संकटसँग जुधिरहेको भारतले यसवर्षको अन्त्यसम्म कोइला आपूर्ति गर्ने सम्भावना भने कम छ । कोल इन्डियाका अध्यक्ष प्रमोद अग्रवालले भने, ‘हामीसँग ऊर्जा संकट हुने थिएन भने हामीले यो आर्थिक वर्ष (मार्च २०२२ को अन्त्यमा) निर्यात गर्न चाहन्थ्यौं ।’

उक्त प्रस्तावमा भारतको कूल कोइला उत्पादनमध्ये ३ प्रतिशतलाई निर्यात गर्न प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *