यू-१९ विश्वकपमा पाकिस्तानी अक्रमको कीर्तिमान, एकै खेलमा सतक र पाँच विकेट – Nepal Press

यू-१९ विश्वकपमा पाकिस्तानी अक्रमको कीर्तिमान, एकै खेलमा सतक र पाँच विकेट

काठमाडौं । पाकिस्तानका युवा क्रिकेटर क्वासिम अक्रम आईसीसी यू-१९ विश्वकप क्रिकेटको इतिहासमा एकै खेलमा सतक बनाउनुका साथै कम्तीमा पाँच विकेट लिने पहिलो क्रिकेटर बनेका छन् ।

जारी विश्वकपको पाँचौ स्थानका लागि भएको खेलमा कप्तानसमेत रहेका अक्रमले श्रीलंकाविरुद्ध १ सय ३५ रन बनाए भने पाँच विकेट पनि लिए । प्रतियोगिताको ४५ वर्षे इतिहासमा एकै खेलमा कुनैपनि खेलाडीले सतक र कम्तीमा पाँच विकेटको सफलता हात पार्न सकेका थिएनन् ।

पहिला ब्याटिङ गरेको पाकिस्तनले दुईजना ब्याट्सम्यानको सतकमा ३ सय ६५ रन जोडेको थियो । अक्रमबाहेक हसिबुल्लाहले पनि १ सय ३६ रन बनाएका थिए । पाकिस्तानको कसिलो बलिङसामु श्रीलंकाले १ सय २७ रनमा समेटिएको थियो ।

अफ स्पीनर अक्रमले ३७ रन खर्चिएर ५ विकेट हात पारेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर