जाल्पा सामुदायिक लघुवित्तको आइपीओ आजदेखि खुल्यो – Nepal Press

जाल्पा सामुदायिक लघुवित्तको आइपीओ आजदेखि खुल्यो

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आजबाट साधारण सेयर (आइपीओ) खुलेको छ ।

लघुवित्तले ५ लाख २२ हजार कित्ता साधारण सेयर ल्याएको हो । सो सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित रहेको छ ।

खुलेको सेयर मध्ये ८ हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २६ हजार १ सय कित्ता म्युचुअल फण्डका लागि हो । सर्वसाधारणले भने ४ लाख ८७ हजार ९ सय कित्तामा आवेदन दिन पाउने छन् ।

लघुवित्तको आइपीओमा धेरैमा १० कित्तादेखि धेरैमा ५ हजार २ सय २० कित्ता आवेदन दिन पाउने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *