रियल मड्रिडलाई हराउँदै बिल्वाओ कोपा डेल रेको सेमिफाइनलमा – Nepal Press

रियल मड्रिडलाई हराउँदै बिल्वाओ कोपा डेल रेको सेमिफाइनलमा

एजेन्सी । महारथी टोली रियल मड्रिडलाई पराजित गरी एथ्लेटिको बिल्वाओ स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा बिल्वाओका एलेक्स बेरेनगुयरले ८९औं मिनेटमा गरेको गोल निर्णायक बन्दा रियल मड्रिड स्तब्ध भएको हो । सेमिफाइनलमा बिल्वाओले भ्यालेन्सियासँग खेल्नेछ ।

बिल्वाओले यसअघि प्रिक्वाटरफाइनलमा अर्को महारथी टोली बार्सिलोनालाई पराजित गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर