१४ अंकले घट्यो सेयर बजार, ८ अर्बको कारोबार – Nepal Press

१४ अंकले घट्यो सेयर बजार, ८ अर्बको कारोबार

काठमाडौं । साताको अन्तिम दिन आज सेयर बजार घटेको छ । १४.६० अंकले आज सेयर बजार घटेको हो । ०.५० अंकले बजार घट्दा नेप्से परिसूचक २८७५.७४ अंकमा झरेको छ ।

आज ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार रुपैयाँको सेयर किनबेच भएको छ । २ सय २४ वटा कम्पनीको १ करोड ५७ लाख ८० हजार ७ सय १३ कित्ता सेयर कारोबार भएको छ ।

सेयर बजार घटेको दिन पनि आज वीन नेपाल लघुवित्त सेयरको मूल्यमा सकारात्क सर्किट लागेको छ । सो कम्पनीको सेयर मूल्य १० प्रतिशत वृद्धि भएको हो । त्यस्तै, सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको धेरै कारोबार भएको छ । सो कम्पनीको आज ८२ करोड ७० लाख ३५ हजार ३ रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *