एकपटकमा ७ लाखभन्दा बढी कारोबार गर्नेमाथि राष्ट्र बैंकले थाल्यो निगरानी – Nepal Press

एकपटकमा ७ लाखभन्दा बढी कारोबार गर्नेमाथि राष्ट्र बैंकले थाल्यो निगरानी

काठमाडौं । नेपाल राष्ट्र बैंकले एकपटकमा ७ लाखभन्दा बढी कारोबार गर्नेहरूमाथि निगरानी सुरू गरेको छ ।

वाणिज्य बैंकहरूलाई निर्देशन दिँदै राष्ट्र बैंकले त्यस्ता कारोबारीको विस्तृत विवरण निर्धारित ढाँचामा पेस गर्न भनेको हो ।

नेपालमा अहिले १० लाखसम्म नगद कारोबार गर्न पाइन्छ । पछिल्लो समय क्रिप्टोकरेन्सी, हाइपर फण्डलगायतमा अवैध कारोबार हुन थालेको एकपछि अर्को घटना बाहिरिरहेको बेला राष्ट्र बैंकले बैंकहरूलाई निर्देशन दिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *