सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा सेनेगल
नेपाल प्रेस
२०७८ माघ २० गते ७:२४
काठमाडौं । बुर्किना फासोलाई पराजित गर्दै सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको पहिलो सेमिफाइनलमा सेनेगलले बुर्किनालाई ३(१ गोल अन्तरले हराएको हो । साडियो माने, इड्रीशा गुये र अब्दोउ डियालोको गोलमा सेनेगलले सहज जितसँगै तेस्रोपल्ट प्रतियोगिताको फाइनल यात्रा तय गरेको हो ।
अब सेनेगलले इजिप्ट र आयोजक क्यामरुनबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । यो खेल आज हुनेछ । प्रतियोगिताको फाइनल खेल आइतबार हुनेछ ।
प्रतिक्रिया