तनावपूर्ण खेलबारे प्रशिक्षक अब्दुल्लाह भन्छन्- फुटबलमा यो सामान्य हो – Nepal Press

तनावपूर्ण खेलबारे प्रशिक्षक अब्दुल्लाह भन्छन्- फुटबलमा यो सामान्य हो

काठमाडौं । मोरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल निकै तनावग्रस्त रह्यो । खेलमा देखिएको तनावग्रस्त अवस्थाका बारेमा बोल्दै नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले फुटबलमा यो सामान्य रहेको बताएका छन् ।

‘‘मैत्रिपूर्ण खेल कहिलेकाँही झगडा भएर पूरा हुनपनि पाउँदैन । फुटबलमा रिस, झगडा, एग्रेसन समान्य हो । त्यसलाई ठूलो रुपमा लिनु पर्दैन,’उनले भने ।

खेलका दौरान मैदानमा अवस्था तनावग्रस्त भएपछि मोरिससका सात खेलाडीले पहेँलो र दुई खेलाडीले रातो कार्ड पाएका थिए ।

यस्तै, नेपालका एक खेलाडी र गोलकिपर कोच विकाश मल्लले रातो कार्ड तथा ४ खेलाडीले पहेँलो कार्ड पाएका थिए ।

आजको खेलमा ३–४–३ फर्मेसनमा खेलाएको र ७० प्रतिशत बल राख्न सफल रहेको बताएका थिए ।

मोरिससविरुद्धको मैत्रीपूर्ण श्रृंखलामा दुवै जितको आसा नरहेको प्रशिक्षक अब्दुल्लाहले बताए ।

‘दुवै खेलमा जितको अपेक्षा थिएन,’उनले भने ‘एक जित–एक हार, एक जित–एक बराबरीको अपेक्षा थियो । तर दुवै खेलमा जित निस्कियो यसबाट म खुसी छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर