हरिवंशद्वारा ‘कर्कलो कोक्याउला म्युजिक भिडिओ प्रहरीलाई हस्तान्तरण – Nepal Press

हरिवंशद्वारा ‘कर्कलो कोक्याउला म्युजिक भिडिओ प्रहरीलाई हस्तान्तरण

काठमाडौं । हरिवंश आचार्यको शब्द, सङ्गीत र स्वरमा रहेको गीत ‘कर्कलो कोक्याउला’को श्रव्यदृश्य (अडियोभिडिओ) प्रहरी प्रधान कार्यालयलाई हस्तान्तरण गरिएको छ ।

प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई वरिष्ठ हास्य कलाकार तथा गायक हरिवंश आचार्यले हस्तान्तरण गरेका हुन् । उक्त गीतले चेलीबेटी बेचबिखनविरुद्ध सचेतना जगाउने सन्देश दिन्छ ।

समाजमा चेलीबेटी बेचबिखनका घटनाक्रम बढिरहेको र गरिबी, बेरोजगारीलगायत कारणले चेलीबेटी बेचबिखन भइरहेको बताउँदै प्रहरीले उक्त गीतलाई सन्देशमूलक भएकाले प्रयोगमा ल्याइने जनाएको छ ।

शुभमिडिया होम प्रालिले तयार गरेको उक्त म्युजिक भिडिओ प्रहरी कार्यालयका विभिन्न कार्यक्रमका साथै समुदाय प्रहरी साझेदारी कार्यक्रममा प्रचारप्रसार गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *