प्रभु क्यापिटलको अफर, २ वर्षसम्म डिम्याट र मेरो सेयर सेवा निःशुल्क – Nepal Press

प्रभु क्यापिटलको अफर, २ वर्षसम्म डिम्याट र मेरो सेयर सेवा निःशुल्क

काठमाडौं । प्रभु क्यापिटलको विन्टर अफर सञ्चालनमा ल्याएको छ । प्रभु क्यापिटल लिमिटेडले गएको वर्षमा सञ्चालित विन्टर अफरमा ग्राहकहरुको अभूतपूर्व सहभागितालाई मध्यनजर गर्दै यस वर्ष पनि विन्टर अफर ल्याएको छ ।

जाडो मौसममा घरमै बसीबसी अनलाइन माध्यमबाट प्रभु क्यापिटलको मोबाइल एप तथा वेबसाइटबाट डिम्याट खाता खोल्न सकिनेछ । कुनै पनि शाखा वा प्रभु क्यापिटलको कार्यालय कमलादीमा आई डिम्याट खाता खोल्न चाहने ग्राहकहरुको लागि माघ १८ गतेदेखि चैत्र १७ भित्र डिम्याट खाता खोल्दा २ वर्षको लागि विभिन्न सुविधासहितको विन्टर अफर ल्याएको छ ।

यस योजना अन्तरगत डिम्याट खाता खोल्न चाहने ग्राहकहरुलाई क्यापिटलले २ वर्षको लागि निःशुल्क डिम्याट खाता र मेरो सेयर अनलाइन सेवा प्रदान गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *