मिस इको इन्टरनेसनल २०२२ मा नेपालबाट सोफियाले प्रतिनिधित्व गर्ने – Nepal Press

मिस इको इन्टरनेसनल २०२२ मा नेपालबाट सोफियाले प्रतिनिधित्व गर्ने

काठमाडौँ । इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेसनल २०२२’ मा नेपालको प्रतिनिधित्व सोफिया भुजेलले गर्ने भएकी छन् । राजधानीमा आयोजित कार्यक्रममा ग्रिनआर्ट मिडियाले प्रतिस्पर्धी सार्वजनिक गरेको हो ।

भुजेललाई मिस इको इन्टरनेशनल नेपाल २०२०’ विजेता अनुष्मा रायमाझीले उनलाई ताज लगाइदिइन् । रायमाझीले ‘मिस इको इन्टरनेशनल २०२०’ मा ‘मि इको एशिया’ उपाधि नेपाल ल्याउन सफल भएकी थिइन् । भुजेल मार्चमा इजिप्टमा आयोजना हुने ‘मिस इको इन्टरनेशनल २०२२’ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

उक्त पेजेन्टमा ६० बढी देशका इको सुन्दरीले भाग लिने भएका छन् । भुजेलले इजिप्टबाट ‘मिस इको इन्टरनेशनल २०२२’ को शीर्षउपाधि जित्न सक्ने विश्वास आफुलाई लागेको ग्रिन आर्ट मिडियाका सीइओ लाकौलले बताए ।

मिस इको इन्टरनेशनल एक प्रतिष्ठित अन्तराष्ट्रिय सुन्दरी प्रतियोगिता हो । जसको एल.टी.सि.पि. अर्गनाईजेशनले ब्युटी फर इको’ जागृत गर्दै टुरिजम् र वातावरणको विषयलाई मुख्य कार्यक्षेत्र बनाई इजिप्टबाट २०१५देखि सुरु गरेको हो । यसको मुख्य उद्देश्य विश्वभरीका पर्यावरण, संस्कृतिलाई अन्तराष्ट्रिय नेटवर्कमार्फत सुचना प्रवाह गर्ने रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *