आँचललाई मुख्य भूमिकामा लिएर ‘बर एन्ड बधु’ निर्देशन गर्दै मिलन चाम्स – Nepal Press

आँचललाई मुख्य भूमिकामा लिएर ‘बर एन्ड बधु’ निर्देशन गर्दै मिलन चाम्स

काठमाडौं । निर्देशक मिलन चाम्स एकपछि अर्को फिल्मको निर्देशनमा व्यस्त छन् । उनी, अहिले फिल्म ‘गोर्खा वारियर २’को छायांकन गरिरहेका छन् । यस्तै, उनी एक फुटबलरको बायोपिक चलचित्र निर्देशन गर्ने तयारी पनि गरिरहेका छन् ।

यसैविच, मिलनले कमेडी र लभस्टोरी कथामा तयार हुन लागेको फिल्म ‘बर एन्ड बधु’लाई निर्देशन गर्ने तयारी पनि गरेका छन् । यो फिल्मको छायांकन फागनको तेस्रो सातादेखि सुरु हुने मिलनले जानकारी दिए ।

उनले भने : ‘कथावस्तु रोचक छ । कोरोनाको तेस्रो लहर कम भयो भने हामी फागनाबाट छायांकन सुरु गर्छौ ।’ फिल्ममा नायिका आँचल शर्मा मुख्य भूमिकामा रहनेछिन् । आँचल ‘बधु’को भूमिकामा देखिने मिलनको भनाई छ ।

आँचलले लकडाउनपछि काम गर्न लागेको यो पहिलो नेपाली फिल्म हो । उनले, लकडाउनपछि साउथको फिल्म ‘हिटम्यान’मा भने काम गरिसकेकी छिन् । आँचलले यो फिल्मका लागि आफू उत्साहित भएको बताइन् ।

एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा फिल्म निर्माण हुन लागेको मिलनको भनाई छ । प्रोजेक्टको लागि नायकको खोजी गरिएको छ । फिल्ममा काम गर्न चाहने नयाँ अनुहारले निर्माण टिमसँग सम्पर्क गर्न सक्ने मिलनले बताए । फिल्मका अन्य कलाकार र प्राविधिक केही दिनमै फाइनल हुने र सम्पूर्ण जानकारी पत्रकार सम्मेलन मार्फत दिने निर्माणपक्षले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *