तेजस्वी प्रकाश बनिन् नयाँ ‘बिग बोस’ – Nepal Press

तेजस्वी प्रकाश बनिन् नयाँ ‘बिग बोस’

एजेन्सी । भारतीय टेलिभिजनबाट प्रशारण हुने लोकप्रिय रियालिटी शो ‘बिग बोस’को १५औं सिजनमा टिभी सिरियलकी नायिका तेजस्वी प्रकाश नयाँ विजेता बनेकी छन् । तेजस्वीले ट्रफीका साथ ४० लाख भारु पुरस्कार जितिन् ।

शोमा प्रतीक सहजपाल उपविजेता बने । तेजस्वीका प्रेमी करण कुन्द्रा तेस्रो भए । आइतबार राती निशान्त भाट, तेजस्वी, करण, प्रतीक र शमिता शेट्टीबीच फाइनल प्रतिस्पर्धा भएको थियो ।

तर, निशान्त १० लाख भारु लिएर शोबाट बाहिरिएका थिए । जसलाई शोका सन्चालक सलमान खानले पनि सही निर्णय भनेका थिए । यसपछि भोटको कमीका कारण शमितालाई अगाडि बढ्न अवरोध भएको थियो ।

अन्ततः तेजस्वी, करण र प्रतीकबीच भएको निर्णायक स्पर्धामा तेजस्वीले उपाधि पोल्टामा पारिन् । शोको विजेता बनेसँगै तेजस्वीले एकता कपूरको लोकप्रिय टेलिभिजन सिरियल ‘नागिन’को मुख्य भूमिकाका लागि प्रवेश पाइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *