सेनेगल र इजिप्ट अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा – Nepal Press

सेनेगल र इजिप्ट अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा

काठमाडौं । सेनेगल र इजिप्ट आइतबार भएको खेलमा विजयी हुँदै अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

दुई टोलीको जितसँगै सेमिफाइनल समीकरण समेत पूरा भएको छ । सेनेगल र इजिप्टसँगै आयोजना क्यामरुन र बुर्किना फासो अन्तिम चारमा पुगे ।

आइतबार राती सेनेगलले गिनीलाई ३–१ ले पराजित गरेको हो । सेनेगलका लागि लिभरपुलका सुपरस्टार साडियो मानेले गोल गर्न सकेनन्, तर गोलका लागि पास उपलब्ध गराएका थिए । २८औं मिनेटमा फामारा डिधिओउले गोल गरी सेनेगललाई अग्रता दिलाउँदा मानेले पास उपलब्ध गराएका थिए । ५७औं मिनेटमा जान्निक बुल्याले गिनीका लागि बराबरी गोल फर्काए ।

तर, प्रिमियर लिग क्लब क्रिष्टल प्यालेसका मिडफिल्डर चिखाओ कुयातेले ६८औं र वाटफोर्डका स्ट्राइकर स्मालिया सारले ७९ मिनेटमा गोल गरेपछि सेनेगलले सानदार जित पायो । यी दुवै खेलाडी सब्स्टिच्युड थिए ।

इजिप्टले मोरोक्कोलाई २–१ ले हरायो । इजिप्टले ९० मिनेटको निर्धारित समयपछि अतिरिक्त ३० मिनेटमा जित पायो ।

नियमित समयमा छैटौं मिनेटमै मोरक्कोले सोफिन बोउफाको पेनाल्टी गोलमार्फत अग्रता बनाएको थियो । लिभरपुलका सुपरस्टार मोहम्मल सलाहले ५६औं मिनेटमा इजिप्टका लागि बराबरी गोल फर्काए । नियमित समयमा बराबरी भएपछि अतिरिक्त समयमा पुगेको खेलमा १०० औं मिनेटमा सलाहकै पासमा ट्रेजेगेटले सानदार गोल गरी टिमलाई अन्तिम चारमा पु¥याए ।

अब सेमिफाइनलमा सेनेगल र बुर्किना फासो तथा इजिप्ट र आयोजक क्यामरुन फाइनल प्रवेशका लागि खेल्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर