काठमाडौंबाट दुबई उड्न लागेका पाकिस्तानीसँग ४७ हजार रियाल – Nepal Press

काठमाडौंबाट दुबई उड्न लागेका पाकिस्तानीसँग ४७ हजार रियाल

काठमाडौं । नेपालको बाटो भएर दुबई उड्न लागेका एक पाकिस्तानी नागरिक ४७ हजार एक सय रियालसहित पक्राउ परेका छन् ।

विमानस्थल प्रहरीले ३३ वर्षीय हाफिज एट्टिक उर रेहमानको साथबाट ४ सय यूएई दिरामसहित ओमान र भारतीय मुद्रा पनि बरामद भएको जनाएको छ । उनले पेपर ब्यागमा राखेर उक्त पैसा दुबई लैजान लागेको प्रहरीको दाबी छ ।

हाफिजलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जनाएको छ । गत साता एक भारतीय नागरिक नेपालको बाटो भएर दुबई उड्न लागेका बेला अवैध अमेरिकी डलरसहित पक्राउ परेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर