नाडालसामु फेडेरर र जोकोभिचलाई पछाडि पार्ने अवसर – Nepal Press

नाडालसामु फेडेरर र जोकोभिचलाई पछाडि पार्ने अवसर

मेलबर्न । वर्षको पहिलो ग्रान्डस्लाम टेनिस अष्ट्रेलियन ‌ओपनको उपाधिका लागि आइतबार राफेल नाडालले रुसी खेलाडी डेनियल मेदभेदेवसँग प्रतिस्पर्धा गर्दै छन् ।

यो खेल जिते ३५ वर्षीय स्पेनिस नाडाल पुरुष एकलतर्फ सर्वाधिक एकल ग्रान्डस्लाम जित्ने खेलाडी बन्नेछन् । नाडाल र सर्बियाका नोभाक जोकोभिचसँगै स्वीट्जरल्यान्डका रोजर फेडेररले समान २० पटक एकल ग्रान्डस्लाम उपाधि जितेका छन् ।

नाडाल सन् २०२० को फ्रेन्च ओपनपछि पहिलो ग्रान्डस्लाम उपाधि जित्ने प्रयासमा छन् । उनले गत यूएस ओपन खेलेका थिएनन् ।

अष्ट्रेलियन ओपन नाडालका लागि एक मात्र यस्तो ग्रान्डस्लाम प्रतियोगिता हो जुन उनले एकपटकभन्दा बढी जित्न सकेका छैनन् ।

सन् २००९ मा फेडेररलाई फाइनलमा हराएर उनले पहिलो र अन्तिमपटक अष्ट्रेलियन ओपन जितेका थिए । यसबीचमा उनी यो प्रतियोगितामा चारपटक फाइनल पुगेपनि उपाधि भिडन्तमा दुईपटक जोकोभिचसँग पराजित भएका थिए ।

अस्ट्रेलियन ओपनका पछिल्ला लगातार तीन संस्करण जितेका जोकोभिच यसपटक कोरोनोको आइसोलेसन नियम उल्लंघन गरेको आरोपमा प्रतियोगिताको पूर्व सन्ध्यामा घर फिर्ता भएपछि नाडाल बलियो दावेदार देखिएका छन् ।

सुरुका दुई चरण र प्रि—क्वाटरफाइनल सोझो सेटमा जितेका नाडालले तेस्रो चरणमा र सेमिफाइनलमा चार÷चार सेट र क्वाटरफाइनलमा पाँच सेट खेल जितेर जितेका थिए । मेदभेदेव लगातार दोस्रो पटक अष्ट्रेलियन ओपनको फाइनलमा पुगेका हुन् ।

उनी समग्रमा ग्रान्डस्लाममा पनि लगातार फाइनल पुगेका हुन् । उनले गत वर्षको अन्तिम ग्रान्डस्लाम यूएस ओपन जितेका थिए । २५ वर्षीय मेदभेदेभले जोकोभिचलाई हराएर उपाधि जितेका थिए । यसपटक मेदभेदेभको यात्रा पनि सजिलो देखिएको छैन् ।

उनले पहिलो र तेस्रो चरण सोझो सेटमा थिए भने दोस्रो चरण, प्रिक्वाटरफाइनल र सेमिफाइनल भने चार सेट खेलेर जितेका थिए ।

नाडालले जस्तै मेदभेदेभले पनि क्वाटरफाइनलमा पाँच सेट खेलेका थिए । गत संस्करणको फाइनलमा मेदभेदेवले जोकोभिचसँग हार व्यहोरेका थिए । मेदभेदेभले अन्य ग्रान्डस्लामको उपाधि जित्न सकेका छैनन् ।

महिला एकलतर्फ भने मारगरेट कोर्टल‍े सर्वाधिक २४ पटक ग्रान्डस्लाम जितेकी छन् । उनले ओपन एरामा मात्र ११ पटक जितेकी थिइन् । यसैगरि सेरेना विलियम्सले २३ पटक जितेकी छन् । उनले यी सबै उपाधि ओपन एरामा हात पारेकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर