एयरपोर्टका अध्यागमन कर्मचारीले ड्युटीमा मोबाइल फोन चलाउन नपाउने – Nepal Press

एयरपोर्टका अध्यागमन कर्मचारीले ड्युटीमा मोबाइल फोन चलाउन नपाउने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीलाई कामको समयमा मोबाइल फोन चलाउन रोक लगाइएको छ ।

विभागले सूचना जारी गर्दै आफ्ना कर्मचारीले सेवा प्रदान गर्ने क्रममा ‘डेस्क ड्युटी हावर’ को बेला ‘मोबाइल चलाउनमात्र नभइ साथमा नराख्न पनि निर्देशन दिएको छ ।

साथै आवश्यक परेमा ‘ल्यान्डलाइन र अफिसियल’ फोन प्रयोग गर्न सकिने व्यवस्था रहेको सूचनामा उल्लेख छ । सर्वसाधारणको सेवा गर्दा कर्मचारीले मोवाइल बोकिराख्नुपर्ने अवस्था नभएको विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

अध्यागमन विभागकै कर्मचारीको मिलेमतोमा भिजिट भिसामा विदेश जानेहरुको संख्या बढेको र यसरी गएकाहरु अलपत्र पर्ने र दुख पाउन थालेपछि विभागले सो निर्णय गरेको हो ।

खाडी र युरोप लगायतका मुलुकहरुमा भिजिट भिसामा गएका नेपाली नागरिकले दुख पाउन थालेपछि यस समस्याको समाधानका लागी सरकारले समिति नै गठन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *