तीन विधामा भैरव पुरस्कार घोषणा : नरनाथ लुइँटेल, तेजेश्वरबाबु ग्वंग र बिमल भौकाजीलाई दिइने – Nepal Press

तीन विधामा भैरव पुरस्कार घोषणा : नरनाथ लुइँटेल, तेजेश्वरबाबु ग्वंग र बिमल भौकाजीलाई दिइने

काठमाडौं । ‘भैरव पुरस्कार गुठी’ले विभिन्न पुरस्कारको घोषणा गरेको छ । भैरव अर्यालको स्मृतिमा स्थापित संस्था समेत रहेको उक्त गुठीले जनाएअनुसार २०७८ सालको ‘भैरव पुरस्कार’ व्यंग्यकार नरनाथ लुँइटेललाई प्रदान गर्ने निर्णय भएको छ । पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैयाँ छ ।

यसवर्षदेखि घोषित ‘भैरव वाङ्मय पुरस्कार’ संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगलाई प्रदान गरिने गुठीले जनाएको छ । यस पुरस्कारमा १ लाख १ हजार १ सय ११ रुपैयाँ नगद राशी प्रदान समावेश छ ।

नेपाली कला, साहित्य, संस्कृति, संगीत, पत्रकारितालगायतका क्षेत्रमा विशिष्ट योगदान दिने जो कोहीलाई बर्सेनि प्रदान गरिने गुठीका अध्यक्ष रोचक घिमिरले बताएका छन् ।

साथै, गुठीले ‘भैरव प्रतिभा पुरस्कार’ साहित्यकार विमल भौकाजीलाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारका साथ नगद राशी ५५ हजार ५ सय ५५ रुपैयाँ ।

पुरस्कार छनौट गर्न गुठीले व्यंग्यकार लक्ष्मण गाम्नागेको संयोजकत्वमा साहित्यकार श्रीओम श्रेष्ठ रोदन र युवराज मैनाली सदस्य रहेको समिति गठन गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *