‘फास्ट एन्ड फ्युरियस १०’ ले पायो भिलेन : जेसन मोमाआ भिन डिजेलको अपोजिटमा – Nepal Press

‘फास्ट एन्ड फ्युरियस १०’ ले पायो भिलेन : जेसन मोमाआ भिन डिजेलको अपोजिटमा

काठमाडौं । विश्वचर्चित हलिउड फिल्म सिरिज ‘फास्ट एन्ड फ्युरियस’को दशौं श्रृंखलालाई लिएर नयाँ खबर छ । फिल्मको आगामी सिक्वेलमा ‘आक्वाम्यान’ स्टार जेसन मोमोआलाई देख्न पाइने भएको छ ।

भेराइटी म्यागजिनका अनुसार मोमाआले भिन डिजेलको अपोजिटमा भिलेनको भूमिकामा फिल्म खेल्नेछन् । फिल्मको अफिसियल ट्वीटर एकाउन्टबाट पनि अभिनेता मामोआलाई स्वागत छ भनिएको छ ।

‘द फास्ट परिवार अझै बृहत हुँदैछ’ फिल्मको ट्वीटर ह्यान्डलमा उल्लेख गरिएको छ ।

जस्टिन लिनले निर्देशन गर्ने आगामी सिक्वेलको नाम ‘फास्ट एन्ड फ्युरियस १०’ रहने भएको छ । मिसेल रोड्रिग्युज, टायरिज गिब्सन, लुडाक्रिस, सुङकाङ र चार्लिज थेरोनले पनि नयाँ भागमा निरन्तरता पाउने भएका छन् ।

नयाँ सिक्वेल मे १९, २०२३ मा रिलिज लक्ष्य राखिएको छ ।

गत समरमा रिलिज भएको नवौं श्रृंखलाले कोभिड-१९ महामारीको बाबजुद विश्व बक्सअफिसमा ७२६ मिलियन डलर कमाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *